घोराही, २६ फागुन। दाङ देउखुरी होटल व्यवसायी समितिको आयोजना तथा घोराही उपमहानगरपालिका वडा नम्बर १४ को आर्थिक सहयोग मा तीन दिने होटल हस्पिटालिटि प्रशिक्षण कार्यक्रम सुरू भएको छ ।
समितिका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षता तथा वडा नंम्बर १४ का अध्यक्ष भानसिं बुढाको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम गरेर प्रशिक्षणको सुरुवात गरिएको हो
। कार्यक्रममा बोल्दै वडाअध्यक्ष बुढाले व्यवसायीहरुको व्यवसायिक क्षमतालाई थप विकास गर्दै आर्थिक आम्दानी प्राप्तीमा यस्ता परिक्षणले टेवा पुराउने बताउनु भयो । मानिसको दोस्रो घरका रुपमा चिनिने होटल व्यवसायलाई अझै व्यवस्थित तथा मर्यादित बनाउदै लैजान आवश्यक रहेको उहाँले बताउनु भएको छ ।
यस्तै दाङ पर्यटकिय हिसावले निकै सम्भावना बोकेको जिल्ला भएकाले यसको प्रचारप्रसारलाई व्यापक बनाउदै पर्यटकहरुको संख्या बढाउन आवश्यक रहको समितीका निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य रुद्रबहादुर डाँगीले बताउनु भएको हो ।
पछिल्लो समय व्यवसायिक मन्दि बढ्दै गएकाले यसलाई रोकथाम गर्दै होटल व्यवसायको अर्थतन्त्र सुधारका लागि पर्यटकिय प्रचारप्रसारलाई सरोकारवाला नियकाले बढवा दिन आवश्यक रहेको बताउनु भयो ।
तालिमको प्रशिक्षकहरुमा घोराही उपमहानगरपालिका अन्तरगत रहेको सरसफाइ शाखा प्रमुख लक्षमण अधिकारीले सरसफाई, कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयका दुई शिक्षकहरु पुरन बुढा, सोनम आचार्यले खाद्य स्वच्छता तथा कुकिङ्गका बारेमा र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख विरबहादुरी वलीले लैंगिक समता र समावेशिताका बारेमा प्रशिक्षण दिनुहुने समितिले जनाएको छ ।
प्रशिक्षण कार्यक्रममा वडा नंम्वर १४ भित्रका ६० जना व्यवसायीको सहभागिता रहेको छ । यसका साथै कर तथा व्यवसाय दर्ताका विषयमा पनि व्यवसायीलाई सचेत बाउने कार्यक्रम रहेको छ । समितिका वरिष्ठ उपाध्यक्ष ईश्वर बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव श्यामकुमार विकले गर्नुभएको थियो ।