२०८० फाल्गुन २१ गते सोमवार

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति लुम्बिनीको नयाँ पदाधिकारी चयन

दाङ, २० फागुन । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका रुद्रमणी पौडेल चयन हुनुभएको छ ।

संगठनको शनिबार लुम्बिनी प्रदेश राप्ती उपत्यका देउखुरीमा भएको दोस्रो अधिवेशनबाट पौडेल अध्यक्षमा चयन हुनुभएको हो । संगठनको प्रदेश उपाध्यक्षमा भोजबहादुर रावल (बाँके) र रोल्पाका विकास बिक्रम आले मगर चयन हुनुभएको छ ।

यस्तै सचिवमा रुपन्देहीका नारायण भट्टाराई, सहसचिवमा दाङका दामोदर आचार्य, कोषाध्यक्षमा बर्दियाका गणेश बहादुर बोहरा, सहकोषाध्यक्षमा दाङका माधव प्रसाद पोखरेल चयन हुनुभएको छ ।


यस्तै सदस्यहरुमा रोल्पाका ओविलाल थापा, प्युठानका लाल बहादुर वली, अर्घाखाँचीका माधव भुषाल र अजयकुमार यादव, रुपन्देहीका केशब अर्याल, प्युठानका लालबहादुर कार्की चयन हुनुभएको छ ।


यस्तै कपिलवस्तुका गणेश एरी र बालकृष्ण बरई,बर्दियाका कर्मठ बुढाथापा, नवलपरासी पश्चिमबाट खेममान ढकाल, बाँकेका इन्द्र केसी चयन हुनुभएको हो ।

रुकुमपूर्व , पाल्पा र गुल्मीमा पछि थप्ने गरी नयाँ कार्यसमिति गठन गरिएको कार्यदल संयोजक शान्तराज गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस