२०८१ चैत्र ८ गते शुक्रवार

 महँगीका विरुद्ध नेकपाको प्रदर्शन 

दाङ, १६ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले महँगी र चर्को ब्याजदरका विरुद्ध सोमबार तुलसीपुरमा प्रदर्शन गरेको छ ।

चर्को महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर, वित्तिय संस्थाको ज्याजति बन्द गर लगाएतका नारा लगाउँदै तुलसीपुरको बस पार्कबाट सुरु भएको विरोध ¥यालीले तुलसीपुर बजारका विभिन्न भाग परिक्रमा गरेर बीपी चोकमा पुगेर कोणसभामा परिणत भएको हो ।


मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को व्याज दर र चर्को महँगी विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने नेकपाको केन्द्रीय समिति बैठकको निर्णय अनुसार तुलसीपुर सहित देशभर प्रदर्शन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य प्रदिप वली, गणतान्त्रिक खेलकुद महासंघ लुम्बिनी प्रदेशका इन्चार्ज रुद्र वली, युवा सङ्गठनका राप्ती व्यूरो इन्चार्ज जीवनी लगायतले सम्बोधन गर्नुभएको हो । कार्यक्रमको सहजीकरण नेकपा दाङका सदस्य उज्ज्वलले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस