२०८१ चैत्र ८ गते शुक्रवार

राष्ट्रपतिका उम्मेदवार बारे आज उजुरी गर्न सकिने

दाङ – यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दिएकाहरूको बारेमा आज उजुरी दिन पाइने भएको छ । निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाबमोजिम उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रपतिका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले हिजो उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीउपर छानबिन गरी भोलि निर्वाचन अधिकृतको कार्यालयले निर्णय गर्नेछ ।

यही फागुन १६ गते मङ्गलबार उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । राष्ट्रिय सभाका ५९, प्रतिनिधि सभाको २ सय ७३ र प्रदेश सभाका ५ सय ५० सांसद मतदाता हुनेछन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस