२०८१ माघ ३ गते बिहिवार

राप्रपा सरकारबाट बाहिरिने

दाङ, १३ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सरकारबाट बाहिरिने भएको छ । राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निणर्य गरेको हो ।

शनिबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने निणर्य गरेको हो । केहीबेरमै मन्त्रीहरुले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने तयारी छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट बाहिरिने निणर्य गरेको र राजीनामा बुझाउन जान लागेको बताउनुभयो । लिङ्देन हालको सरकारमा उपप्रधान तथा ऊर्जामन्त्र रहनुभएको छ । त्यस्तै राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुन तथा संसदीय मामिला, विक्रम पाण्डे सहरी विकास र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री बन्नुभएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस