२०८१ माघ २ गते बुधवार

तुलसीपुरमा दुई जनालाई चिट्ठाबाट नयाँ बस उपहार

दाङ, १० फागुन ।
दाङमा रहेको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले आफ्ना व्यवसायीहरूलाई चिट्ठा प्रणालीबाट नयाँ बस उपहार प्रदान गरेको छ । दाङको तुलसीपुरमा दुई जनाले चिट्ठामा नयाँ बस जितेका हुन् ।

लाखौँ मूल्य पर्ने नयाँ बस बाँकेको राप्ती सोनारी गाउँपालिका २ का विशाल चन्द र दाङको बबई गाउँपालिका ७ मलैका विष्णु पुनले चिट्ठामार्फत जितेका हुन् । दुवै जना राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालीमा आबद्ध गाडी धनी रहेको प्रालिले जनाएको छ ।

त्रिशिद्धेश्वरी यातायात प्रालीले आफ्नो संस्थामा आबद्ध करिब छ सय जना गाडी धनीका लागि भाग्यशाली चिट्ठा कार्यक्रम आयोजना गरेको हो । चिट्ठा परेको बसको बारेमा दुवै जनाले आपसी सल्लाह गरेर अगाडि बढ्ने भएका छन् ।

चन्द र पुन दुवै जनाको बस त्रिशिद्धेश्वरी यातायात प्रालिमा आबद्ध रही सञ्चालन हुँदै आएका छन् । नेपाल प्रहरीका सहायक हवल्दार समेत रहेका चन्द अहिले तुलसीपुरको बसपार्क काउन्टरमा कार्यरत हुनुहुन्छ । उहाँले २०७२ सालमा ना ४ ख ७७२५ नम्बरको बस किन्नुभएको थियो । त्यो बस अहिले पनि दाङ-सल्यान-रुकुमसम्म सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस