२०८१ माघ २ गते बुधवार

मोलुङ्ग हाइड्रोपावरको आइपीओ आजदेखि खुला

दाङ, ४ फागुन । मोलुङ्ग हाइड्रोपावर लिमिटेडले आज बिहीबार (फागुन ४ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजीको ८० करोड २५ लाख रुपैयाँको ४४ प्रतिशतले दरले हुने आउने ३५ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये १० प्रतिशत अर्थात ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५०० किता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरिसकेको छ ।

बाँकि रहेको ३४ प्रतिशत अर्थात २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये पनि १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता शेयर कम्पनीका कार्यरत कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४२५ कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने २२ लाख ६४ हजार ६५५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

हाल कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ, जारी पूँजी ८० करोड २५ लाख रुपैयाँ र चुक्ता पूँजी ४४ करोड ९४ लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र सर्वसाधारणमा आईपीओ निष्काशन गरी बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले निष्काशन गरेको आईपीओमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ८ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनरानइज क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतीकर्तामा लक्ष्मी क्यापिटल, एनआईसी एशिया क्यापिटल, नेविल इन्भेष्टमेन्ट बैकिङ्ग रहेका छन् ।

रेटिङ्ग कस्ताे ?

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी इस्युअर रेटिङ्ग डबलबी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्वको समयमै सेवा गर्ने सम्बन्धमा पूर्व निर्धारितको मध्यम जोखिम रहेको संकेत गर्दछ।

इक्रा नेपालले कम्पनीलाई २०७९ बैशाख गते गते क्रिडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो । सो रेटिङ्गको अवधि २०८० बैशाख १५ गतेसम्म कायम हुनेछ ।

कस्तो कम्पनी हो ?

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड, कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७६ माघ ३१ गते प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । २०७६ मंसिर २६ गतेदेखि भने पब्लिक कम्पनीको रुपमा परिणत भैई कारोबार सञ्चालन गरिरहेको छ ।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका, रविभवन काठमाडौंमा रहेको छ । कम्पनीको जलविद्युत आयोजना स्थल तथा उत्पादन केन्द्र भने ओखलढुङ्गको मोलुङ्ग गाँउपालिका वडा नं. २ र ४ मा रहेको छ ।

कम्पनीले ७ मेगावाट क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गसिरसकेको छ । आयोजनाबाट २०७४ चैत १२ गतेदेखि व्यवसायिक विद्युत उत्पादन गर्ने आइरहेको छ ।

सो आयोजनाको कुल लागत १ अर्ब ४५ करोड ९ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ८ लाख रुपैयाँ रहेको छ । कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.१ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १९.५ वर्ष रहेको छ ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीले प्रबन्धपत्रमा भएको व्यवस्था अनुसार जारी पूँजीको १० प्रतिशत अर्थात ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानिय र जारी पूँजीको ३४ प्रतिशत अर्थात २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर निष्काशन गर्नु परेको कम्पनीले जनाएको छ । कम्पनीले आईपीओ निष्काशनबाट संकलन भएको रकम आयोजनाको कर्जा भुक्तानीका लागि प्रयोग गरिने जनाएको छ ।

चालु आर्थिक वर्ष अर्थात २०७९/८० मा कम्पनी करिब १२ करोड रुपैयाँ नोक्सानीमा रहेन जनाएको छ । कम्पनीले यस अवधिमा ११ करोड ९० लाख रुपैयाँ नोक्सानीमा रहने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष पनि कम्पनी १७ करोड ६९ लाख ८४ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा भने कम्पनीको सञ्चित मुनाफा ३ करोड ३१ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २३ पैसा र प्रतिशेयर नेटवर्थ ८५ रुपैयाँ १७ पैसा पुग्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ७८ पैसा र प्रतिशेयर नेटवर्थ ६० रुपैयाँ ६२ पैसा रहेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी ४४ करोड ९४ रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानिय, कम्पनी तथा आयोजनाका कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणहरुलाई गरी ३५ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड २५ रुपैयाँ पुग्नेछ ।

कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ र जारी पूँजी ८० करोड २५ लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकको ५६ प्रतिशत र सर्वसाधारणको ४४ प्रतिशत कायम हुनेछ ।

कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना र स्वतन्त्र सञ्चालक १ जना गरी ७ जना सञ्चालक रहने व्यवस्था रहेको छ । हाल समितिमा संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ५ जना (एक महिला सहित) र एक जना स्वतन्त्र गरी ६ जना सञ्चालक रहेका छन् ।

यस्तै सर्वसाधारण शेयरधनी समुहको शेयर निष्काशन भई बाँडफाँट पश्चात आगामी साधारण सभाबाट निर्वाचित भएपछि २ संस्थापक शेयरधनीलाई हटाएर सर्वसाधारण समुहका शेयरधनीहरुबाट ३ जना सञ्चालक चयन हुनेछ ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा श्रीराम महर्जन रहेका छन् । त्यसैगरी, कम्पनीका अन्य सञ्चालकहरुमा अमृत कुमार महर्जन, नबिन महर्जन, कबिन महर्जन, सूर्यमाया महर्जन र कवि महर्जन रहेका छन् । कवि महर्जन भने स्वतन्त्र सञ्चालक हुन् ।

भावी योजना तथा रणनीति

कम्पनीले आफ्नो व्यवसाय/सेवाको बृद्धिका लागि चाल्ने भावी योजना र त्यस्तो योजना प्राप्तिका लागि चालिने समयवद्ध रणनीति समेत बनाएको छ ।

सार्वजनिक शेयर निष्काशनबाट प्राप्त हुन आउने रकम बैंक तथा वित्तिय संस्थाबाट लिइएको ऋणको रकम भूक्तानी गर्नमा प्रयोग गर्ने र बैंक तथा वित्तिय संस्थाको बाँकी ऋण प्रक्षेपित समय अवधि भित्र भूक्तानी गर्ने रणनिति पनि कम्पनीले लिएको छ ।

विद्युत उत्पादन गरी बिक्रीबाट प्राप्त हुने रकमबाट लिइएको ब्याज र ऋण क्रमिक रुपमा चुक्ता गर्ने र मुनाफाको सुनिस्चतता गर्ने, समान उदेश्य भएका अन्य कम्पनी/आयोजनाहरुमा संस्थापकको हैसियतमा लगानी गर्ने, आयोजना प्रभावितका परिवारलाई उचीत क्षतीपूर्ती मध्येको रकमबाट शेयरमा लगानी गर्ने अवसर प्रदान गरिने, जलविद्युत विकासमा आवश्यक पर्ने जनशक्ती नेपालमा नै विकास गर्नको लागि अन्य कम्पनीहरु संग सहकार्य गर्ने कम्पनीको योजना रहेको छ ।

यस कम्पनी मार्फत निर्माण गरीने जलविद्युत आयोजना निर्माण गर्नको लागि आवश्यक पूँजी नेपाल र विदेशमा रहेको नेपालीबाट लगानी गराउने वातावरण बनाउने पनि कम्पनीको रणनीति रहेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस