२०८१ मङ्सिर २२ गते शनिवार

बढ्यो इन्धनको मूल्य

दाङ, २३ माघ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज मध्यराति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल/मट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल/मटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा विक्री मूल्य भने हाललाई यथावत् नै राखिएको आयल निगमले जनाएको छ ।

निगमले नेपाल सरकारको ऋण र इण्डियन आयल कर्पोरेसन लिमिटेडलाई फेब्रुअरी २०२२ मा तिर्नुपर्ने बक्यौता १६ अर्व ३० करोड रुपैयाँ रहेको दाबी गरेको छ ।

‘इण्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवम्  सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौती नै रहेको अवस्था छ,’ निगमले विज्ञप्तिमा भनेको छ ।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस