२०८१ कार्तिक २० गते मङ्गलवार

दाङको विकास खर्च निराशाजनक

जिल्लाको संघीयतर्फको तीन अर्ब ७६ करोड ७६ लाख ३२ हजार कूल पूँजीगत खर्चको २३ दशमलव ०९ अर्थात ८७ करोड १३ हजार रुपैयाँ मात्रै खर्च भएको छ भने प्रदेशतर्फको चार अर्ब ९८ करोड ७९ लाख ७३ हजारको १७ दशमलव ४६ अर्थात ८७ करोड १० लाख ८४ हजार रुपैयाँमात्रै पूँजीगत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार संघीय कार्यालयतर्फको ३० करोड बजेट रहेको प्रगन्ना तथा बड्कापथ सिंचाई आयोजनाको दुई करोड ७९ लाख नौ हजार ६० रुपैयाँ मात्रै खर्च भएको छ । २३ करोड ५८ लाख ८४ हजार बजेट रहेको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं. ६ को ५७ लाख २४ हजार ५ सय ६५ रुपैयाँ मात्रै खर्च भएको छ ।

९० करोड ६० लाख ७२ हजार रुपैयाँ बजेट रहेको सघन शहरी तथा भवन निर्माण आयोजनाको खर्च बुधबारसम्म आठ करोड १९ लाख ८२ हजार चार सय ४१ रुपैयाँ ४२ पैसा मात्रै खर्च भएको छ । सडक डिभिजन कार्यालय घोराहीको एक अर्ब दुई करोड ६१ लाख रुपैयाँ बजेटमा २७ करोड ५१ लाख आठ हजार चार सय ४४ रुपैयाँ मात्रै खर्च भएको छ ।

३० करोड ३६ लाख ५० हजार बजेट रहेको बृहत दाङ उपत्यका सिंचाई योजनाको १६ करोड ७२ लाख ९८ हजार पाँच सय ८२ रुपैयाँ खर्च भएको छ । त्यसैगरी प्रदेशतर्फ ३२ करोड २२ लाख ९९ हजार रुपैयाँ बजेट रहेको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको छ करोड ३२ लाख ३० हजार दुई सय १५ रुपैयाँ मात्रै खर्च भएको छ ।

२१ करोड ९१ लाख रुपैयाँ बजेट रहेको भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको खर्च हिजोसम्म चार करोड ११ लाख ९५ हजार सात सय ३४ रुपैयाँ मात्रै छ । एक अर्ब २८ करोड ८१ लाख ५९ हजार रुपैयाँ बजेट रहेको सडक पूर्वाधार विकास कार्यालयको १८ करोड ३४ लाख ३१ हजार ८३ रुपैयाँ मात्रै खर्च भएको छ ।

त्यस्तै ७० करोड १० लाख रुपैयाँ बजेट रहेको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईको ५५ करोड ७१ लाख ४७ हजार नौ सय ६० रुपैयाँ खर्च भएको छ । ८३ करोड २० लाख रुपैयाँ बजेट रहेको शहरी विकास तथा भवन कार्यालयको १६ करोड २५ लाख ६३ हजार नौ सय ३० रुपैयाँ मात्रै खर्च भएको छ ।

३७ करोड २६ लाख ५४ हजार रुपैयाँ बजेट रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले १४ करोड ३० लाख ५७ हजार छ सय ९० रुपैयाँ खर्च गरेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय घोराहीका कोष नियन्त्रक उदयराज भण्डारीले हालसम्म कम्तिमा आधा खर्च हुने समय भएको बताउनुभयो ।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस