२०८१ असार ३० गते आइतवार

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख निर्विरोध चयन

दाङ, ३ माघ ।
लुम्बिनी प्रदेशले सभामुख र उपसभामुख पाएको छ । प्रदेश सभाको सभामुखमा
तुलाराम घर्ती र उपसभामुखमा मेनुका खाण केसी निर्विरोध चयन हुनुभएको हो ।

घर्ती नेकपा माओबादी केन्द्रका साँसद हुनुहुन्छ । उहाँ पाल्पा क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्बाचित हुनुभएको हो ।

त्यस्तै उपसभामुख केसी राप्रपाबाट समानुपातिक सांसद हुनुहुन्छ । यसअघी नेपाली काँग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीका निर्मलादेवी थारुले उपसभामुख पदमा मनोनयन दर्ता गराएपनि दुबैजनाले दिएको उम्मेदवारी फिर्ता लिएपछि सत्तारुढ दलबाट मनोनयन दर्ता गरेकाहरु नै सभामुख र उपसभामुख निर्विरोध निर्वाचित भएका हुन् ।

मङ्गलबार दिउँसो बसेको लुम्बिनी प्रदेश सभाको बैठकमा ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभामुख र उपसभामुखमा एक /एक जनाको उम्मेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस