२०८१ फाल्गुन १ गते बिहिवार

दमारगाउँमा किशोर-किशोरी मृत्यु प्रकरण : पाँच जना पूर्पक्षका लागि कारागार चलान


दाङ, २० मंसिर ।
दमारगाउँमा किशोर-किशोरी मृत्यु प्रकरणमा संलग्न पाँच जनालाई ूर्पक्षकालागि कारागार गरिएको छ । तुलसीपुर-१३ दमारगाउँको शरद आचार्य र रोशनी महताराको मृत्यु प्रकरणमा संलग्न पाँच जनालाई पूर्पक्षकालागि कारागार पठाउन अदालतले आदेश दिएको हो ।

दाङ देउखुरी जिल्ला अदालतले अदालतले तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिशचन्द्र पौडेल, २८ वर्षीय नुमानन्द कार्की , ३१ वर्षीय खिमबहादुर बुढा, ४७ वर्षीय प्रकाश भनिने अम्मरराज कार्की संलग्न र स्थानीय हरिबहादुर आचार्यलाई पूर्पक्षकालागि थुनामा पठाउन आदेश दिएको हो ।

बँदेल मार्न थापेको बिद्युतिय धरापमा परि मृत्यु भएको भन्दै प्रहरीले चारजनालाई सार्वजनिक गरेको थियो । आचार्यलाई भने त्यो धराप थाप्न सिकाएको भन्दै पूर्पक्षकालागि थुनामा राख्न अनुमति दिएको हो ।

जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र शर्माका अनुसार न्यायधिस ताराकुमारी शर्माको इजलासले पाँचै जनालाई पूर्पपक्षका लागि थुनामा पठाएको हो । जाहेरीवालाको तर्फबाट बरिष्ठ अधिबक्ता रेवतीरमण भट्टराई, अधिबक्ता सञ्तोष पोखरेल र सरकारी वकिल जिल्ला न्यायाधिबक्ता देबराज भारतीले बहस गरेका थिए भने प्रतिबादीको तर्फबाट बरिष्ठ अधिबक्ताद्धय डिल्लीराज धिताल र दीपककुमार रेग्मी तथा अधिबक्ताहरु प्रदीप गौतम र मधुसुदन गौतमले बहस गरेका थिए ।

तुलसीपुर- १३ डाँडागाउँकी १५ वर्षीया किशोरी रोशनी महतारा र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भई तुलसीपुर १३ दमारगाउँ स्थित मामाघर बस्दै आएका १४ वर्षीय शरद आचार्यको असोज २७ गते राति जंगली बँदेल मार्न थापेको विद्युतको धरापमा परेर मृत्यु भएको हो । उनीहरु एकै बिद्यालयमा अध्यनरत थिए । उनीहरुको शव असोज ३० गते एकै ठाउँमा गाडिएको अबस्थामा भेटिएको थियो ।।

प्रकाशित मिति : २०७९ मङ्सिर २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस