२०८१ माघ ८ गते मङ्गलवार

दाङ प्रतिनिधि सभा–२ मा झिनो मतान्तरले शर्मा निर्वाचित

दाङ,८ मंसिर ।
दाङ प्रतिनिधि सभा–२ मा नेकपा माओवादी केन्द्रका रेखा शर्मा निर्वाचिन हुनुभएको छ । उहाँले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई झिनो मतान्तरले पछि पार्दै जित हासिल गर्नुभएको हो । शर्माले २६ हजार ८७७ मत प्राप्त गर्नुभएको छ भने पोखरेलले २६ हजार ६८१ म्त प्राप्त गर्नुभएको छ ।

निर्वाचित शर्मालाई गठबन्धन दल नेपाली कांग्रेस , राष्ट्रिय जनमोर्चा, एकिकृत समाजवादीको साथ थियो भने पोखरेल एक्लै प्रतिष्पर्धामा रहनुभएको थियो ।

१ लाख ३३ हजार ७४८ मतदाता रहेको दाङ क्षेत्र नम्बर २ मा ७९ हजार ४४६ मत खसेको थियो । शर्माले शुरुवाती अग्रतालाई कामय राख्दै जित हासिल गर्नुभएको हो ।

शर्माको संसदीय यात्रा भने २०७० बाट सुरु भएको हो । उहाँ २०७० र २०७४ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित हुनुएको थियो ।

२०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा रहेर काम गरेका शर्माले कानुन निर्माणलगायत संसदीय गतिविधिमा सक्षम, सक्रिय र सफल सांसदको रुपमा पहिचान बनेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस