२०८१ फाल्गुन ३ गते शनिवार

समाजसेवा गर्न राजनीतिलाई रोजेकी लक्ष्मीको संघर्ष…

दाङ, १ मंसिर ।
लक्ष्मी बोहरा ‘मल्ल’ जो समाजसेवा गर्न राजनीति रोजिन् । राजनीति फेरि माओवादीबाटमात्रै सम्भव छ भन्ने बुझेर उनले दुई दशकअघि विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा शुरुवात गरेकी थिइन् । समाज, व्यवस्था र नागरिकको अवस्था परिवर्तनका लागि छोरा मान्छेलेमात्रै राजनीति गर्न सक्छन् भन्ने वषौँदेखिको समाजको बुझाईलाई तोड्न यो बिचमा उनले निकै चुनौतिको सामना गर्नुप¥यो ।

तत्कालीन समय २०५२ साल फागुन १ गतेदेखि नेकपा माओवादीले शुरुवात गरेको शसस्त्र द्वन्द्व र लक्ष्मीले गरेको संघर्ष एक–अर्काका परिपुरक हुन् ।

त्यो समयमा विपक्षिको घेराबन्दीमा परेर अनि जीवनलाई खुकुरीको धारमा राखेर गरेका ति संर्घषले आज प्राप्त उपलब्धि नै उनको सफलता हो । तर उनले सोचेजस्तो नागरिकको अवस्था परिवर्तनमा ठुलो सफलता अझै मिल्न सकेको छैन् ।

आफुमात्रै शिक्षित भएर हुँदैन, समाजलाई पनि शिक्षित बनाउनुपर्छ, तबमात्रै हामीले सोचेजस्तो समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने सोच बोकेर उनले आजभन्दा करिब २३ वर्षअघि राजनैतिक यात्रा औपचारिकरुपमा शुरुवात गरेकी हुन् । २०५७ सालमा विद्यार्थी जीवनबाटै तत्कालीन समयमा नेकपा माओवादीको भातृसंगठन अखिल क्रान्तिकारीको इकाई अध्यक्ष भएपनि उनको राजनीतिमा पूर्णकालिन यात्रा २०५८ साल असार २८ गतेदेखि शुरु भएको हो ।

माओवादीको सशस्त्र जनयुद्ध चरमोत्कर्षमा पुगेका बेला घरपरिवारभन्दा माथि उठेर समाज परिवर्तनका लागि राजनीतिमा होमिदा अहिले हामीले सोचेजस्तो सरल र सहज पक्कै थिएन् ।

सरकारसंगको संघर्ष त मुख्य चुनौति नै थियो , त्यो भन्दा बढी चुनौति छोरीमान्छे घरपरिवार छोडेर जनयुद्धमा होमिदा ठुलो चुनौति थियो । सोच्दा विषय आज सामान्य लागेपनि त्यो कस्तो थियो, कि उनलाई थाहा छ, कि त अहिलेको समयलाई ।

२०५८ सालमा नेकपा माओवादीमा प्रवेश गरेर राजनीतिमा होमिदै गर्दा उनी २४ वर्षको थिइन् । लहर र रहरमा भन्दा पनि वषौँदेखि थिचोमिचोमा परेको समाजलाई माथि उठाउन केहि गर्ने सोचका साथ उनको राजनीतिक यात्रा शुरु भएको थियो ।

जतिबेला उनले स्नातक तहको शिक्षा हासिल गर्न तेस्रो वर्षमा थिइन् । अहिले उनले स्नातक तहको शिक्षा पुरा गरिसकेकी छन् ।

स्वार्थ बिनाको जिन्दगी प्राप्तिका लागि अत्यन्तै ठूलो कुरवानि गर्ने कुरा उनका लागि त्यतिखेरको सुन्दर पक्ष थियो भने नमिठो पक्ष उनि आफन्त सगंको छुटीदाको थियो ।

२०५८ असारमा पूर्णकालिन राजनीतिमा होमिएपछि उनले सोहि सालकै मंसिरमा नेकपा माओवादीको पाटी सदस्यता प्राप्त गरेकी थिइन् । त्यसपछि उनी सोहि सालकै चैतमा अखिल(क्रान्तिकारी) एरिया अध्यक्ष हुँदै २०५९ साल पुस ५ मा अखिल(क्रान्तिकारी) सल्यान जिल्ला सदस्य भईन् ।

त्यसपछि उनले प्राप्त गरेको शिक्षा र संगठन संचालनको बौद्धिकताले २०६० मा अखिल(क्रान्तिकारी) सल्यानको जिल्ला उपाध्यक्ष तथा राप्ती–धौलाधिरी क्षेत्रीय समिति सदस्य भएर काम गर्ने अवसर प्राप्त गरिन् । त्यो समयमा जनयुद्ध संघर्ष निकै उत्कर्षमा थियो । ज्यान जोगाउनुपर्ने एकातिर ठुलो चुनौति थियो, अर्कोतिर समाजलाई बुझाउन ।

संघर्षकै बिचमा २०६१ नेकपा माओवादीको एरिया सेक्रेटरी हुँदै २०६१ सालमा रिम गाउँ जनसरकार प्रमुख, २०६२ मा नेकपा(माओवादी) जिल्ला सदस्य र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समिति सल्यानको सचिवको जिम्मेवारी उनलाई प्राप्त भयो ।

तत्कालिन समयमा उनको त्याग र संघर्षले अहिलेको व्यवस्था आएको हो तर नागरिकको अवस्था बदलिन नसकेकोमा उनी अहिले पनि संघर्षमा छिन् । तर राजनीतिको लामो संघर्षमा पनि उनि सत्तामा पुग्ने पर्यत्न कहिल्यै गरिनन् ।

उनी अहिले नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सदस्यको जिम्मेवारीमा रहँदै गर्दा आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा सदस्यमा समानुपातिक उम्मेदवार बनेकी छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस