२०८१ जेष्ठ ५ गते शनिवार

चोरी मुद्धाका फरार प्रतिवादी केसी पक्राउ

दाङ, २२ कार्तिक ।
दाङमा नकावजनी चोरी मुद्धामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले चोरी मुद्धाका घोराही उपमहानगरपालिका वडा नम्बर १५ का १९ वर्षिय शुभम केसीलाई पक्राउ गरेको हो ।

तीन वर्ष अघि २०७६ माघ २३ गते नकावजनी चोरी मुद्धामा १ वर्ष ५ महिना चार दिन कैद सजाय र नगद १५ हजार जरिवाना तोकिएका केसीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेका केसीलाई आजै दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस