२०८१ फाल्गुन ३ गते शनिवार

रोल्पामा छोराद्वारा बुवाको हत्या

दाङ, २१ कार्तिक ।
रोल्पामा छोराले आफ्नै बुवाको हत्या भएको छ । त्रिवेणी गाउँपालिका वडा न ४ पोखरीका २३ वर्षका छोरा सन्दिप घर्तीले आफ्नै बुवा अन्दाजी ५० –५५ वर्षका मानसिङ घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ ।

सन्दिप, मानसिङ र एक स्थानीय सगै बसेर मदिरा सेवन गरिरहेका बेला छोरा सन्दिप बाहिर गएर फर्कि आएर आफु बसेको काठको सुकुल प्रहार गरेर हत्या गरेका हुन् ।

सुकुल प्रहारले बुवा मानसिङको टाउकोमा गम्भीर चोट परेको हुदा मानसिङको घटना स्थलर्मै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सोमबार बिहान ९ बजे भएको एक स्थानीय बिराज योगीले जानकारी दिनुभएको छ ।

घटना लगतै ईप्रका होलेरी र त्रिबेनीबाट प्रहरी टोली पुगेर दोषीलाइ पक्राउ गरीएको छ । सब पोष्टमाटमको लागि दाङ पठाइ सकेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस