तुलसीपुर, १ कार्तिक ।
तुलसीपुर–१३ दमारगाउँमा हत्या गरिएका दुई बालबालिकाका आफन्तले दोषिलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्नुपर्ने माग राखेका छन् । उनीहरुले दोषिलाई सार्वजनिक नगर्दासम्म शब नबुझ्ने अडान लिएका छन् ।
शब भेटिएकोे तीन दिनपछि पोष्टमार्टम भएपनि दोषि सार्वजनिक नहुँदा पिडितले शब नभएका हुन् । दोषिलाई पक्राउ गरी तत्काल सार्वजनिक गर्न माग राखेर बालबालिकाका आफन्तले आज इलाका प्रहरी कार्यालय तुलसीपुरमा नाराबाजीसमेत गरेका छन् ।
दोषी पत्ता नलाग्दासम्म शब नबुभ्mने बालिकाका अंकल टेकसिंह महताराले बताउनुभयो । शबको पोष्टमार्टम भएपनि शब नबुझ्ने अडान लिएर आफुहरुले इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएको बताउनुभयो । हत्या गरिएका दुवै जना बालबालिकाको शबको आज पोष्टमार्टम गरिएको छ ।
हत्याका विषयमा अनुसन्धान गर्न प्रहरीले शंकास्पद ब्यक्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिरहेको छ । दुईजना बालबालिकाको हत्याका मुख्य योजनाकार सहित केहि युवालाई पक्राउ गरेपनि आधिकारिकरुपमा सार्वजनिक गर्न भने बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन कुमार गौतमका अनुसार अहिलेसम्म २० जनालाई सोधपुछ गरिएको छ । घटनाका संलग्न दोषिलाई छिट्टै सार्वजनिक गर्ने पनि उहाँले बताउनुभयो ।
घटनामा संलग्न भएको हुन सक्ने आशंकामा बालक र बालिका दुवै पक्षका आफन्त, साथीभाईलाई नियन्त्रणमा ल्याएर सोधपुछ गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँ स्थित एक सामुदायिक बनमा दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भई तुलसीपुर–१३ मा मामाघरमा बसेर कक्षा ९ मा पढ्ने १५ बर्षीय शरद आचार्य र तुलसीपुर १३ डाँडागाउँ निवासी १४ वर्षिय रोशनी महतारालाई हत्या गरि एउटै खाडलमा गाडिएको अबस्थामा आईतबार दिउसो १२ बजेतिर फेला पारिएको थियो ।