२०८० फाल्गुन २२ गते मङ्गलवार

नेपाल दलित संघ दाङद्वारा चुनाव प्रचार समिति गठन


दाङ, ३१ असोज ।
आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गरी नेपाल दलित संघ दाङले प्रदेश तथा जिल्ला स्तरिय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।

संघले दाङको ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा चुनाव प्रचार प्रसारका लागि समिति गठन गरेको छ । जसको क्षेत्र नम्बर १ को प्रदेश सभा १ को संयोजकमा चन्द्र परियार रहनु भएको छ । क्षेत्र नम्बर १ को प्रदेश सभा (२) को संयोजकमा प्रकाश नेपाली रहनु भएको छ ।

यसैगरी क्षेत्र नम्बर २ को प्रदेश सभा (१) को प्रदेश संयोजकमा केशव नेपाली, २ को प्रदेश सभा (२) को संयोजकमा डण्डीराम विक रहनु भएको छ । यस्तै क्षेत्र नम्बर ३ को प्रदेश सभा (१) को संयोजकमा भिम विश्वकर्मा र क्षेत्र नम्बर ३ को प्रदेश सभा (२) को संयोजकमा र्धुव विक रहनु भएको छ ।

यस्तै संघले जिल्ला स्तरिय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । नेपाल दलित संघ दाङका अध्यक्ष बाबुराम विश्वकर्माको संयोजकत्वमा गठन गरेको हो ।

समितिमा जिल्ला कार्य समितिका पदाधिकारी, सदस्यहरु, संघका महाधिवेशन प्रतिनिधिहरु, पुर्व जिल्ला अध्यक्षहरु तथा संघका केन्द्रिय सदस्यहरु लगायत दाङ जिल्ला दलित संघमा आवद्ध सबै सदस्य रहनेछन् ।

यसैगरी संघले नेपाली साहित्य, कला, संस्कृती र इतिहासका ज्ञाता तथा युग पुरुष सत्यमोहन जोशीको आईतबार भएको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गरेको छ ।

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस