२०८१ कार्तिक २९ गते बिहिवार

दंगीशरणमा ‘छोरी सम्मान कार्यक्रम’ : १८ वर्ष नपुग्दासम्म मसिकरुपमा रकम जम्मा गरिने


दाङ, ११ असोज ।
दाङको दंगीशरण गाउँपालिकाले ‘छोरी सम्मान कार्यक्रम’ लागु गरेको छ । छोरीहरुको सम्मान लागि लागु भएको कार्यक्रम अन्तरगत गएको साउन महिना १ गतेदेखि गाउँपालिका भित्र जन्मिएका प्रत्येक छोरीको नाममा मासिक ३ सय रुपैंया जम्मा गरिने भएको छ ।

जस्को लागि अहिले गाउँपालिकाम कार्यविधि तयार गर्ने काम भई रहेको छ । साथै गाउँपालिकाको सबै स्वास्थ्य चौकी तथा स्वास्य ईकाइमा साउनको १ गतेदेखि जन्मिएका छोरीहरुको डाटा राख्ने काम भई रहेको गाउँपालिकाका प्रेस संयोजक प्रमोद आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार एउटा बुवाआमाबाट जन्मिएका दुईवटासम्म छोरीको नाममा पैसा जम्मा हुनेछ । प्रत्येक छोरीको नाममा मासिक ३ सय रुपैंया १८ वर्षसम्म जम्मा गरिने प्रेस संयोजक आचार्यको भनाई छ । मासिक रुपमा जम्मा गरिएको पैसा १८ वर्षपछि मात्रै छोरीहरुले निकाल्न पाउँनेछन् ।

छोरीहरुको सम्मानका लागि ल्याईएको ‘छोरी सम्मान कार्यक्रम’ १८ वर्षसम्म मासिक ३ सय रुपैंयाले जम्मा गरेमा १८ वर्षपछि त्यो पैसा छोरी आफैले निकालेर पढाई लगायत अन्य सीप मुलक कार्यक्रममा लगाउन सहयोग पुगोस् भन्ने उदेश्यले कार्यक्रम लागु गरेको गाउँपालिका अध्यक्ष शम्भु गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिले प्रत्येक छोरीको नाममा बैंक खाता खोलेर मासिक रुपमा पैसा जम्मा गर्ने योजना भएपनि अहिले भने त्यही पैसाले बीमा बनाई दिने भन्ने कुराहरु भईरहेको छ । यसअघी जेष्ठ नागरिकहरुको सहजताका लागि गाउँपालिकाले ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य परिक्षणका साथै सामाजिक सुरक्षा भत्ता वडाबाटै दिन सुरु गरेको छ ।

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस