रोल्पा, ३० भदौ ।
केहीदिन अघि शिव प्राथमिक विद्यालय रुन्टीगढी ६ सापडाडाँ रोल्पाले विद्यालयमा कार्यरत शिक्षक आरती खड्का दाङ सरुवा भएपछि विदाई कार्यक्रमको आयोजना गर्यो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर सुनारको अध्यक्षता एवम् प्रधानाध्यापक देव बहादुर सुनारको सञ्चालनमा भईरहेको विदाई कार्यक्रम उत्साहपूर्वक चलिरहेको थियो ।
सरुवा भएको शिक्षक आरती खड्काले एक जना गरिब विद्यार्थीलाई केही शैक्षिक सामाग्री वितरण गर्ने योजना अनुरुप रोजाईमा परे कक्षा तीनमा पढ्ने आठ वर्षिय विद्यार्थी सरोज बुढा ।
जब सरोज बुढाको नाम बाचन गरेर अगाडी बोलाईयो, उनी पुराना हाफ पाइट र भेस्ट लगाएर मञ्चमा जादै गर्दा सबैका आँखाबाट आसु झर्न थाले । कारण हो यहि असोज पहिलो साता उनको काख र साथको हजुरआमाको निधनको खबरले विद्यालयमा थामिनसक्नु रोएका रहेछन् ।
विद्यालय नजिकै स्याला भन्ने ठाउँमा घर भएका सरोजको परिवार ईट्टाभट्टामा आश्रित छ । निम्न वर्गिय परिवारमा जन्मिएका सरोजले काखमै हुदाँ दुई वर्षको उमेरमा आमा गुमाए, उनीमा आमाको झल्को छैन् ।
तीन भाई मध्ये कान्छो छोरा सरोजले आमा जस्तै हजुरआमाको काखमा हुर्कन थाले र जहाँ गएपनि हजुरआमाको साथ पाउँथे । बुबाले पछि कान्छी श्रीमती ल्याएपछि ईट्टाभट्टामा नियमित दिनचर्या चलिरहेको थियो भने उनको हजुरआमाकै एकल महिला भत्ताको भरमा पढाई चलिरहेको थियो ।
असोज पहिलो साता उनको जिबनमा नराम्रो बज्रपात पर्यो , त्यो पिडाको प्रत्यक्षदर्शी विद्यालय बन्यो । बिहान करिव एघार बजे विद्यालयमा सरोजको हजुरआमाको निधन भएको र सरोजलाई घर पठाईदिन भन्ने खबर आयो ।
विद्यालयले हजुरआमा बिरामी भएकोले घर जान भनेपछि एकजना विद्यार्थीले हजुरआमा बितेको सुनाईदिएछन् । त्यसपछि विद्यालयमै पल्टीपल्टी रोएको सरोजलाई घर पुर्याउन सहयोगी खटाउन परेको विद्यालयका प्रधानाध्यापक देव बहादुर सुनारले बताए ।
कार्यक्रममा उनलाई शैक्षिक सामाग्री वितरण गर्दै गर्दा उपस्थित सबै लगाएत विद्यार्थी समेतले आशु खसालेका थिए ।
सरोजका जेठो र माईलो दाईले आधारभुत तहको पढाई पार नगरि ईट्टाभट्टामै जाने गरेको र अहिले जेठो दाई भारतमा भएको बुझिएको छ । सरोजको बुवा र कान्छीआमा भएपनि गरिवीबाट जेलिएका उनीहरुको घरमा खाने अन्न समेतको समस्याले अवस्था दयनिय छ ।
सरोज अहिले अन्य अभिभावकसंग नजिकिन नसकेको हुदाँ उनलाई माया भन्दा डर लाग्ने गरेको सुनाउछन् । विद्यालयमा प्राप्त गरिब जेहेन्दार छात्रवृति नियमित दिने र उनको पढाईको लागी लाग्ने खर्च छुट गर्ने विद्यालय प्रशासनले बताएको छ ।
उनको घरको गरिबीले उनको नियमित उपस्थिति न्युन हुने गरेको छ । उनको पढाईको निरन्तरताको सरोकारवाला निकायको ध्यान पुग्नुपर्ने देखिएको छ ।