तुलसीपुर,८ भदौ ।
तुलसीपुर ४ गहतेरा देखि बनहरी जोड्ने गरि झुलेङ्गे पुल निर्माण हुने भएको छ । स्थानियको मागलाई मध्येनजर गर्दै निबर्तमान वडा अध्यक्ष बालकृष्ण रानाको कार्यकालमा पुल निर्माणका लागि आबस्यक प्रक्रिया अघि बढाईयकोमा हाल निबर्तमान रास्टिय सभा सदस्य कोमल ओलिको पहलमा योजना स्वीकृत भए पछि झुलुङ्गे पुल बन्ने पक्का भएको हो ।
उक्त ठाउँमा पुल बन्ने पक्का भएपछि नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनु भएका ओलिको नेतृत्वमा सोमबार प्राविधिक सहित स्थलगत अबलोकन भएको छ ।
झुलुङ्गे पुल बिभाग काठमाडौ मार्फत निर्माण हुने पुलको ग्लोबल इन्जिनियर यसोसियट कम्पनी काठमाडौबाट आएको प्राबिधिक टोलिले सोही दिनदेखी नै पुल सर्भेको काम फर्किएको छ ।
कम्पनीबाट आएका ईन्जिनियर बिजय भट्ट र आदित्य पौडेलले जाचबुझ गरि सर्भेको काम सकेर फर्कियको एकता टोल बिकास सस्थाका अध्यक्ष घन बहादुर पुनले जानकारी दिनुभयो ।
पुल निर्माणका लागि गहतेरा निबासी तेज प्रसाद भुसाल र खोला देखि पुर्ब बनहरी बस्ने झुमलाल खड्का तथा लेमराज भुसालले जग्गा दिनु भएको छ । प्राबिधिक टोलिका अनुसार त्यस क्षेत्रमा १६० मिटर लामो झुलुङ्गे पुलको सर्भे गरिएको छ ।
पुल निर्माणस्थलको अबलोकन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनु भएका ओलिले सर्भेको काम पछी निर्माण कार्य छिटै अघि बढने बताउनु भयो । तुलसीपुर क्षेत्रमा आफ्नो कार्यकालमा मात्रै दर्जन ठाउँमा झुलुङ्गे पुल निर्माण भएको उहाले बताउनु भयो ।
अझैपनी केही ठाउँमा झुलुङ्गे पुलको माग भएको बताउदै यस पटक यस क्षेत्रमा पुलका लागि आफुले प्राथमिकता दिएर पहल गरेको बताउनु भयो । सोही अबसरमा निबर्तमान वडा अध्यक्ष बालकृष्ण रानाले पहल गरेकोमा रास्टिय सभाका निबर्तमान सदस्य ओलिलाई धन्यवाद दिदै पुल निर्माणका लागि आफ्नो कार्यकालमा योजना प्रक्रिया अघि बढाउने काम गरेको बताउनु भयो ।
एकता टोल बिकास सस्थाका अध्यक्ष घन बहादुर पुनले बिगत देखिको चाहाना अहिले पूरा हुन लागेकोमा आफुहरु खुसी भएको बताउनु भयो । ओल्लो गाउँ देखि पल्लो गाउँ जान समस्या भएकोमा अब पुल निर्माण भए छिटो ,छरितो र छोटो समयमा वारपार गर्न सहज हुने बताउनुभयो ।