२०८१ माघ १ गते मङ्गलवार

समाजवादी प्रेस संगठन दाङको संयोजकमा कुमाल चयन


दाङ, ४ साउन ।
समाजवादी प्रेस संगठन दाङको संयोजकमा दिपक कुमाल चयन हुनुभएको छ । नेकपा एकिकृत समाजवादीको जिल्ला र केन्द्रीय कमिटीले कुमाललाई शुभेच्छुक संस्था समाजवादी प्रेस संगठनको जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।

नेकपा एसका तुलसीपुर नगर सचिव समेत रहनुभएका कुमाल पत्रकारिता क्षेत्रमा पनि क्रियाशिल रहनुभएको छ । जिल्ला संयोजकको जिम्मेवारी पाउनुभएका उहाँले पत्रकारिता क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता गर्नुभएको छ ।

उहाँले विचारका हिसावले राजनैतिक पाटीमा आवद्ध भएपनि पत्रकारितामा निष्पक्ष र स्वतन्त्ररुपमा कलम चलाउने बताउनुभयो ।

प्रकाशित मिति : २०७९ साउन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस