२०८१ माघ ६ गते आइतवार

४२ ग्राहक कालो सुचिमा, १५ सय ग्राहकको लाइन काटियो


तुलसीपुर, ४ साउन ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले एक वर्षमा करिब १५ सय ग्राहकको लाईन काटेको छ । केन्द्रले सयमयै विद्युत महशुल नबुझाउने करिब १५ सय ग्राहकको लाईक काटेको हो ।

लाईन काटेका मध्ये प्रायले बक्यौता रकम बुझाए पछि पुनः लाईन जोडिएको छ । भने कति ग्राहकहरुले किस्तामा बक्यौता महशुल बुझाउँदै आएका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा समयमै विद्युत महशुल नबुझाउँने १५ सय ग्राहको लाईन काटिँदा एक करोड ८९ लाख बक्यौता रकम उठेको नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्दका प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिनुभयो ।

यस्तै विद्युत महशुल ६ महिनासम्म नबुझाउने ग्राहकलाई नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र तुलसीपुरले कालो सुचिमा राखेको छ । केन्द्रले एक वर्षमा ६ महिनासम्म महशुल नबुझाउने ४२ ग्राहकलाई कालो सूचिमा राखेको हो ।

गएको असार मसान्तसम्ममा विद्युत महशुल नबुझाउने ४२ ग्राहक कालो सूचिमा परेका छन् । समयमै विद्युत महशुल नबुझाउने ग्राहकको लाईक काटेको ६ महिनासम्म पनि महशुल नबुझाए पछि उक्त ग्राहकलाई कालो सुचिमा नियमानुसार राखिने गरिएको छ ।

ति मध्ये पाँच जना ग्राहकले किस्तामा महशुल बुझाई रहेको नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिए । व्यापारी पनि छन् ।

विद्युत प्राधिकरणले विद्युत महशुल नबुझाएको ९० दिन कटेको र १००० रुपैयाँ भन्दा बढी महशुल बुझाउँन बाँकी रहेको ग्राहकको लाईन काट्दै आएको छ । अझै पनि ३२ सय ग्राहको लाईन काट्न बाँकी रहेको प्रमुख फर्सालले जानकारी दिनुभयो ।

असार मसान्तसम्म तीन करोड ४५ लाख रकम उठ्न बाँकी देखिएको प्रमुख फर्सालले जानकारी दिनुभयो । साउन १ गतेदेखि बाँकी बक्यौता उठाउँन सुरु भईसकेको उहाँले बताउनुभयो ।

२०७८ साउन देखि ०७९ को असार मसान्तसम्म ३ करोड ५८ लाख युनिट विद्युत विक्रि गरिएको तथ्याङक छ । जसबाट ३२ करोड २० लाख रकम रहेको छ । विक्रि युनिट र बाँकी बक्यौता गरि एक वर्षको अवधिमा ३४ करोड ३२ लाख रकम उठेको प्रमुख फार्सालले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरणको विनियममा ६० दिन पुगेमा बिना सूचना विद्युत लाईन काटिने सूचना आम ग्राहकसम्म पुर्याउन माईकिङ गर्ने योजना रहेको प्रमुख फर्सालले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले तुलसीपुर उपमहानगरपालिकासहित, शान्तिनगर, दंगीशरण र बबइ गाउँपालिकामा क्षेत्रमा विद्युत वितरण गर्दै आएको छ । ४७ हजार पाँचसय ग्राहक छन् ।

प्रकाशित मिति : २०७९ साउन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस