
दाङ ३० असार ।
दाङको तुलसीपुरमा ईन्टर कलेज स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुरको आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा प्रशिक्षण केन्द्रको आफ्नै खेल मैदानमा संचालन हुने प्रतियोगिता साउन १० गते देखि सुरु हुनेछ ।
नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्याउने मुख्य उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा दाङ लगाएत अन्य जिल्लामा स्थापित कलेजका १५ बढी टिमको सहभागिता रहने र विभागिय टिम तथा एनभिए कप खेलिसकेका खेलाडी टिममा सहभागि हुन नपाउने आयोजक राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिनुभयो ।
पाँच दिन सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमश : नगद ५० हजार १ सय ११ र २५ हजार, १ सय ११ रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष खत्रीले बताउनुभयो ।
अध्यक्ष खत्रीका अनुसार प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत विधा तर्फ खेलाडीलाई पुरस्कृत गरिनेछ । जस अनुसार सर्बोत्कृष्ट खेलाडीलाई नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर र लिब्रोलाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
यसैबिच प्रतियोगितलाई भव्यरुपमा सफल बनाउन आफ्नो तयारी तिब्र पारेको आयोजक यतिबेला सबैको सहयोग र सहकार्यको अपेक्षा सहित टिम दर्ता,प्रचार प्रसार,आर्थिक व्यवस्थापन लगाएतका पक्षमा लागि परेको छ ।
प्रतियोगिता संचालनको तालिका अनुसार साउन ९ गते बेलुका ५ बजे सम्म टिम दर्ता गरिसक्नुपर्नेछ भने सहभागी टिमका लागि दर्ता शुल्क ७ हजार राखिएको आयोजकले जनाएको छ ।