२०८३ भाद्र ८ गते सोमवार

यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका श्रेष्ठ धरौटीमा रिहा

दाङ, १९ असार । बालिकामाथि यौन दुव्र्यहार गरेको आरोपमा पक्राउ परेका पद्मोदय पब्लिक मावि भरतपुरका प्रशासन प्रमुख मिनेस श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।

श्रेष्ठलाई दाङ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले मंगलबार १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिनुभयो ।

प्रशासन प्रमुख मिनेस श्रेष्ठले असार ६ गते यौन दुर्व्यवहार गरेको भन्दै १० कक्षामा अध्यनरत बालिकाले प्रहरी किटानी जाहेरी दिएकी थिइन । किटानी जाहेरी परेकै दिन असार ७ मा दाङ प्रहरीले श्रेष्ठलाई बाल यौन दुर्व्यवहार कसुरमा मुद्दा चलाएको थियो ।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस