दाङ, २२ भदाै । लुम्बिनी सेरोफेरो अनलाइनका सञ्चालक एवं सम्पादक आशिष केसी सम्मानित हुनुभएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन), दाङको सातौं जिल्ला अधिवेशनको अवसरमा पत्रकार केसी सम्मानित हुनुभएको हो ।
शिक्षा तथा सामाजिक क्षेत्रमा भएका गतिविधिहरूलाई सूचना तथा सञ्चारमार्फत समाज समक्ष पुर्याउँदै सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको माध्यमबाट उल्लेखनीय योगदान पुर्याएबापत उहाँलाई ‘उत्कृष्ट पत्रकारिता सम्मान-२०८३’ प्रदान गरिएको हो ।
शिक्षा क्षेत्रको प्रवर्द्धन र सामाजिक रूपान्तरणमा सञ्चार माध्यममार्फत पुर्याएको कदरको उच्च मूल्याङ्कन गर्दै संस्थाले उहाँको उज्ज्वल भविष्यको कामना समेत गरेको छ । उहाँ विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँसँगै विभिन्न क्षेत्रमा क्रियाशील अन्य तीनजना सम्मानित हुनुभएको छ ।
नेसनल प्याब्सन दाङका जिल्ला अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा केन्द्रीय महासचिव प्रकाशचन्द्र खड्काको प्रमुख आतिथ्यता एवं शैक्षिक एवं सामाजिक क्षेत्रका अग्रणी व्यक्तिहरूको उल्लेखनीय उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।


