२०८३ साउन १६ गते शनिवार

तुलसीपुरमा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ, १६ असार । दाङमा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर उपमहानगरपालिका–१४ निवासी ३८ वर्षीय चन्द्र मगरलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

गत १३ गते बिहान करिब १० बजेतिर चन्द्र मगरले बालिकालाई लोभ लालच देखाई धाकधम्की दिँदै आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको आरोपमा पीडितकी काकीले सोही दिन दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिनुभएको हो ।

जाहेरी प्राप्त हुनासाथ अनुसन्धानका लागि प्रहरी टोली खटिएको थियो । त्यसैअनुसार आरोपी मगरलाई सोही दिन साँझ ७ बजे आफ्नै घरबाट पक्राउ गरी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । आरोपीत चन्द्रलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस