२०८३ भाद्र १७ गते बुधवार

आज २०८१ साल भदौ २० गते बिहीबारको राशिफल

 आज २०८१ साल भदौ २० गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर ५ तारिख। भाद्र शुल्क पक्षको द्वितीया तिथि। तीजको दर खाने दिन। मानव बेचविखनविरुद्धको राष्ट्रिय दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः

मेष राशि: आजकाे दिन तपाईकाे लागि विशेषरूपमा राम्रो रहनेछ। तपाईकाे व्यक्तित्व र व्यवहारले अरूकाे प्रशंसा प्राप्त गर्ने सम्भावना छ। सेवामूलक कार्यमा सहभागी हुनु हुनेछ, जसले तपाईलाई आत्मिक सन्तुष्टि प्रदान गर्नेछ।

वृष राशि: मनमा हर्ष र उमङ्ग छाउनेछ। परिवारसँग रमाइलो समय बित्नेछ र सामूहिक जमघट वा कुनै पारिवारिक कार्यक्रममा दिन बित्नेछ।

मिथुन राशि: स्वास्थ्यमा समस्या आउन सक्ने संकेत छ, त्यसैले सावधानी अपनाउनु होला। गरेका कामहरूमा अपजस मिल्न सक्ने भएकाले सतर्क रहनु पर्नेछ। दिन सामान्य छ।

कर्कट राशि: मनोरञ्जन र रमाइलोमा दिन बित्नेछ। मनमा शान्ति र सन्तुष्टि हुनेछ। परोपकारी कार्यहरूमा रुचि बढ्नेछ।

सिंह राशि: टाढाका मित्रहरूसँग भेटघाट हुनेछ। सामाजिक तथा धार्मिक भ्रमणमा जान सकिनेछ। दिन शुभ रहनेछ।

कन्या राशि: साथीहरूको सल्लाहले तपाईको करियरमा सकारात्मक प्रभाव पार्नेछ। तपाईको बोलीमा मिठास रहनेछ, जसले गर्दा सम्बन्धहरूमा सुधार हुनेछ।

तुला राशि: घरायसी समस्याहरू बढ्न सक्ने सम्भावना छ। व्यवसायिक चिन्ता पनि बढ्न सक्छ। तर, बेलुकाको समय भने शुभ हुनेछ।

वृश्चिक राशि: गोप्य रूपमा गरेका कामहरू सफल हुनेछन्। साथीभाइ र आफन्तहरूको सहयोग प्राप्त हुनेछ।

धनु राशि: आज तपाईलाई आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ। परिवारसँग रमाइलो समय बित्नेछ र उल्लासमय वातावरणमा दिन बित्नेछ।

मकर राशि: परिवारभित्रका झमेलामा फस्न सकिन्छ। साना–साना कुरामा अल्झिनुपर्ने सम्भावना छ, जसले गर्दा दिन सामान्य रहनेछ।

कुम्भ राशि: आज भाग्यले तपाईलाई साथ दिनेछ। परिवारसँग मिठो समय बित्नेछ र गरेका कामहरू सफलतापूर्वक पूरा हुनेछन्।

मीन राशि: जिम्मेवारीको वहन गर्नु पर्नेछ। कुनै धार्मिक यात्रामा जान सकिनेछ, जसले तपाईलाई मानसिक शान्ति प्रदान गर्नेछ। दिन शुभ रहनेछ।

ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा
सचिव – नेपाल ज्याेतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्याेतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपुर क लाईन दाङ ।
फाेन नं ९८४८०६०७९९

प्रकाशित मिति : २०८१ भाद्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस