दाङ, १७ भदौ । दाङको तुलसीपुर–९ बेलुवास्थित सगरमाथा स्कुलले बाढी प्रभावितका लागि ५० हजार बढी आर्थिक सहयोग गरेको छ । रसुवा बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएका छन् । विद्यालयले उक्त रकम प्रधानमन्त्री दैवी राहत कोषमा जम्मा गरेको हो ।
बाढी प्रभावित परिवारलाई राहत तथा सहयोग आवश्यक भइरहेका बेला सगरमाथा स्कुलले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको हो ।
विद्यालयका प्रधानाध्यापक छविकुमार वलीका अनुसार विपद्को समयमा प्रभावित परिवारलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।
विद्यालयले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई समेत विपद्का बेला मानवीय सहयोग र सामाजिक सेवामा सहभागी हुन प्रेरित गर्दै आएको उहाँले बताउनुभयो।
प्रधानाध्यापक वलीले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको दुःखमा साथ दिन सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।


