२०८३ भाद्र १९ गते शुक्रवार

बम पड्काएर भाग्न खोज्ने दुईजना पक्राउ


दाङ, ६ भदौ । दाङमा बम पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ परेका छन् । घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई दाङ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही उपमाहनगरपालिका वडा नंम्बर १५ का सुभम कार्की र सोही वडाको पठक चोक बस्ने अभियान थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

महेन्द्र बहुमुखी क्याम्पस गेट नजिकै आज बिहान ९ बजेतिर रा ८ प ३३२३ नंम्बरको मोटरसाईकलमा आएका व्यक्तिहरुले जुटको बोरीमा बेरेर संकास्पद वस्तु फालेको र सो बस्तु बिष्पोट समेत भएको हो । प्रहरीले मोटरसाईकलमा पछाडी सवार सुभम कार्की लाई भागिरहेको अवस्थामा घटनास्थलबाट नियन्त्रणमा लिएको छ भने मोटरसाईकल चालक अभियान थापालाई भरतपुर क्याम्पस रोडबाट पैदल भागिरहेको अवस्थामा पक्राउ गरेको सूचना अधिकारी तिमल्सिनाले बताउनुभयो ।

बिष्पोटबाट कुनै पनि मानविय क्षति भने भएको छैन । पक्राउ परेका माथी थप अनुसन्धान भईरहेको तिमल्सिनाले जानकारी दिनुभयो । उनिहरुमाथी मुलुकी आचार संहिता,२०७४ को परिछेद-७ अन्तर्गत बिष्पोटक पदार्थ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस