२०८३ असोज ५ गते सोमवार

अप्टिमिष्ट क्लब अफ तुलसीपुरलाई ‘सन् २०२६ को उत्कृष्ट क्लब’ सम्मान


दाङ, ४ असाेज ।
अप्टिमिष्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको भक्तपुरमा सम्पन्न केन्द्रीय अधिवेशनबाट अप्टिमिष्ट क्लब अफ तुलसीपुर देशभरिका शाखाहरूमध्ये ‘सन् २०२६ को उत्कृष्ट क्लब’ को सम्मानबाट सम्मानित भएको छ।


२०८३ साल असोज ३ र ४ गते भक्तपुरमा सम्पन्न अधिवेशनमा तुलसीपुर क्लबले प्राप्त गरेको यो सम्मानलाई क्लब परिवारले गौरवपूर्ण उपलब्धिका रूपमा लिएको छ।
यसै अधिवेशनबाट अप्टिमिष्ट क्लब अफ तुलसीपुरका संस्थापक अध्यक्ष मानबहादुर बस्नेत अप्टिमिष्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको उपप्रमुख जिल्ला संयोजक पदमा निर्वाचित हुनुभएको छ। त्यसैगरी, क्लबका अध्यक्ष नोबेल डी.सी. कार्यकारी समिति सदस्य पदमा निर्वाचित हुनुभएको छ।


महत्त्वपूर्ण जिम्मेवारीमा निर्वाचित हुनुभएका दुवै व्यक्तित्वलाई क्लब परिवारले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
क्लबले प्राप्त गरेको सम्मान तथा आफ्ना पदाधिकारीहरूको नेतृत्वदायी जिम्मेवारीलाई आगामी दिनमा सामाजिक सेवा, मानवीय सहयोग र सकारात्मक कार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रेरणाका रूपमा लिएको जनाएको छ।


अप्टिमिष्ट क्लब अफ तुलसीपुर परिवारले यो उपलब्धि सम्पूर्ण क्लब परिवारका साथै तुलसीपुरवासीका लागि खुसी र गौरवको विषय भएको जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस