दाङ, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–९ स्थित बेलुवा दाजुभाई चोक क्षेत्रबाट एक ११ वर्षीया बालिका हराएकी छन्।
तुलसीपुर–९ निवासी हेमन्त योगि र टोपकला योगिकी छोरी सृष्टि योगि (११ वर्ष) आइतबार साँझ करिब ५:३० बजेदेखि सम्पर्कविहीन भएकी हुन्। उनी Ideal English Boarding School मा कक्षा ४ मा अध्ययनरत रहेको परिवारले जनाएको छ।
परिवारका अनुसार सृष्टि बेलुवा दाजुभाई चोक आसपासबाट हराएकी हुन्। हराउँदा उनले गुलाबी (पिंक) रंगको टिसर्ट र हरियो रंगको सुरुवाल लगाएकी थिइन्।
बालिका हराएपछि परिवारजनले आफन्त तथा छिमेकीमार्फत खोजी कार्य तीव्र पारेका छन् भने स्थानीय प्रहरीलाई समेत जानकारी गराइसकिएको छ। तर समाचार तयार पार्दासम्म उनको अवस्था अज्ञात रहेको छ।
परिवारले सृष्टि योगिलाई कसैले देखेमा नजिकको प्रहरी चौकी वा परिवारजनलाई तुरुन्त जानकारी गराइदिन सबैमा आग्रह गरेको छ। सानो जानकारीले पनि बालिकालाई सुरक्षित घर फर्काउन ठूलो सहयोग पुग्ने परिवारको भनाइ छ। भेटाउनुहुने महानुभावले माेबाईल नम्बर 9706630055 मा सम्पर्क गरिदिन हुन परिवारले अनुराेध गरेकाे छ ।





