२०८३ भाद्र ३ गते बुधवार

घरभित्र खेलिरहेका बालकलाई सर्पले डसेर मृत्यु


दाङ, २९ असार । दाङमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । सर्पको टोकाईबाट तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ रनियापुरका नुरज परियारका छोरा २२ महिनाका एनिसकोे मृत्यु भएको हो ।

आफ्‌नै घरभित्र खेलिरहेको अवस्थामा बालकलाई आइतबार साँझ साढे ४ बजेतिर सर्पले बाँया हातको हत्केलाको पछाडी पट्टीको भागमा डसेको थियो ।

सर्पले डसेको थाहा पाएपछि परिवारले सवा ५ बजेतिर बालकलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएकोमा निधन भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

सर्पको टोकाइबाट गम्भिर बिरामी भएका बालकको उपचारको क्रममा साढे ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस