२०८२ जेष्ठ ५ गते सोमवार

ससुराको हत्या गरी फरार रहेका ज्वाँइ २० वर्षपछि पक्राउ


दाङ, १४ बैशाख ।
दाङमा ससुराको हत्या गरी फरार रहेका एक अभियुक्त २० वर्षअघि पक्राउ परेका छन् । ससुराको हत्या अभियोगमा फरार रहेका तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँका ४२ वर्षीय विरबहादुर गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

बिरबहादुरले २०६२ साल साउन १४ गते राति करिब ८ बजे तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्कमा तरकारी पसल सञ्चालन गर्दै आएका ससुरा कासीराम विकको हत्या गरी फरार रहेका थिए ।

मादक पदार्थ सेवन गरेका गुरुङले घरायसी विवादका क्रममा ससुरा कासीराम विकलाई हातखुट्टाले कुटपिट गर्दा घटनास्थलमै विकको मृत्यु भएको थियो ।

हत्यापछि फरार भएका गुरुङ लामो समय भारतमा लुकेर बसेका थिए । हाल उनी तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँमा लुकीछिपी बस्दै आएको सूचनाका आधारमा प्रहरी टोलीले उनलाई वैशाख १२ गते पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । हाल गुरुङविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस