२०८२ बैशाख ३० गते मङ्गलवार

दाङमा सुन चोर्ने र चोरी गरेको सुन किन्ने दुई जना पक्राउ


दाङ, १९ चैत । दाङमा सुन र चाँदी चोरी गर्ने र चोरी गरेको सुन किन्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले सुनचाँदी चोरी गर्ने घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २२ वर्षिय शरद विश्वकर्मा र चोरी गरेको सुनचाँदी किन्ने घोराही–१४ सैनिकरोडमा रहेको जय मसिह सुनचाँदी उद्योगका संचालक ६५ वर्षिय गुणराज शाक्यलाई पक्राउ गरेको हो ।

पक्राउ परेका विश्वकर्माले गत चैत ६ गते दिउँसो साढे १ बजेतिर घोराही उपमहानगरपालिका वडा नम्बर १५ एकता टोलका ३८ वर्षिय तेजकुमारी बुढाथोकीको चार आना तौल भएका २ वटा डल्ला, छ आना तौल भएको १ वटा र १ तोला ८ लाल भएको १ वटा डल्ला चोरी गरेको प्रहरीले जनाएको छ ।

यस्तै चाँदीको पाउजु १ जोर र हातमा लगाउने बाला १ जोर पनि चोरी गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस