राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन भएको छ।
काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा मंगलबार पूर्वमन्त्रीसमेत रहेका सांसद बोहराको निधन भएको हो।
सांसद बोहराको निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँ २०७९ मंसिरमा भएको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियाे । उहाँले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएउनुभएकाे हाे ।
प्रकाशित मिति : २०८१ चैत्र १९ गते मङ्गलवार





