२०८१ फाल्गुन ६ गते मङ्गलवार

प्रतिष्ठानमा न्युरो सर्जरी पनि सेवा सुरु हुँदै

दाङ, २० पुस ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु हुने भएको छ ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले न्युरो सर्जरि विशेषज्ञ डा. उपमा शर्मा नियुक्त भइसकेको जानकारी दिनुभयो । उहाँले शर्मा केही दिनपछि प्रतिष्ठानमा आई सेवा सुरु गर्ने बताउनुभयो ।

त्यस्तै उहाँले यसै आर्थिक बर्षदेखि कार्डियोलोजी सेवा सुरु हुने बताउनुभयो । प्रतिष्ठानमा मुटु रोगको उपचारको लागि करिब १० करोडको क्याथेल्याब मेसिन टेण्डरमा गइ सकेको रजिस्ट्रार लम्सालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ पुष २० गते शनिवार
प्रतिक्रिया दिनुहोस