२०८१ माघ २ गते बुधवार

रवि र छवि विरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी

पर्सा, १९ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी विरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ । लामिछाने र जोशीसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले बताउनुभयो ।

सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । जीबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो ।

लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध-निर्देशक हुँदा उहाँले खर्च गरेको र सोही आधारमा उहाँलाई अनुसन्धानको दायरामा तानिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस