दाङ, १५ भदौ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ, मट्टीतेल र डिजलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाइएको छ ।
साथै, आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा प्रति किलोमिटर ३७ डलर घटाइएको छ ।
खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् राखिएको छ ।
नयाँ मूल्य अनुसार, पेट्रोलको मूल्य काठमाडौं, पोखरा, र दिपायलमा प्रतिलिटर १६३ रुपैयाँ हुनेछ। सुर्खेत र दाङमा १६२ रुपैयाँ र अन्य क्षेत्रहरूमा १६० रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।
प्रकाशित मिति : २०८१ भाद्र १५ गते शनिवार


