२०८१ माघ ६ गते आइतवार

नेपाल दृष्टि विशेषज्ञ संघ लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति चयन


दाङ, ८ भदौ । नेपाल दृष्टि विशेषज्ञ संघ लुम्बिनी प्रदेशको साधारण सभा तथा अधिवेशन शनिबार दाङको भालुबाङमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष प्रभात जिसीको अध्यक्षतामा सम्पन्न अधिवेशनले कृष्ण बञ्जाडेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा विश्वास भण्डारी, सचिवमा निकिता केसी, कोषाध्यक्षमा सरोज गौतम, र सह-सचिवमा तिलक कुमार शाह सर्वसम्मतिले चयन भएका छन्। अन्य सदस्यहरूमा सन्तोष क्षेत्री, तस्बिर गैरे, सबिन खड्का, सुवेक्षा श्रेष्ठ, विकास कुँवर, सुशान्त ज्ञवाली, सन्दिप गौतम, र सुशील कार्की रहेका छन् ।

निर्वाचन समितिका संयोजक अमृत केसीले नयाँ कार्यसमितिको जानकारी गराउनुभएको हो ।

प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस