
दाङ, २ साउन । दाङमा वडा सदस्यकै मोटरसाइकल चोरी भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ११ का सदस्य बुद्धीराम बस्नेतको रा ८ प ९५० नम्बरको मोटरसाइकल आइतबार बिहान २ बजतिर घरबाटै चोरी भएको हो ।
घरको परिसरमै पार्किङ गरिराखेको मोटरसाइकल चोरी भएको उहाँले बताउनुभयो । उहाँले रातो कालो रङको १५० सीसीको सोहि नम्बरको पल्सर मोटरसाइकल कहि कतै देखेमा खबर गरिदिन पनि अुनरोध गर्नुभएको छ ।
मोटरसाइकल चोरीका घटना बढीरहेका बेला वडा सदस्य बस्नेतको मोटरसाइकल पनि चोरी भएको हो । साथै उहाँले अन्य नागरिकलाई सचेत रहन पनि आग्रह गर्नुभएको छ ।
प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार