२०८३ भाद्र १७ गते बुधवार

घरको कम्पाउण्डमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी


तुलसीपुर, २९ साउन । तुलसीपुरमा एक जनाको मोटरसाइकल घरबाटै चोरी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ बिजौरी मानपुररोड निवासी तुलसीराम कडेँलको मोटरसाइकल गएराती घरबाटै चोरी भएको हो ।

रातो कालो रंगको भे ६ प ७५०१ नम्बरको मोटरसाइकल घरको कम्पाउण्डबाटै चोरी भएको कडेँलले बताउनुभयो । उहाँले मोटरसाइकल कहिँकतै भेटेमा मोबाइल नम्बर ९८४४९३६३७५ वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध समेत गर्नुभएको छ ।

तुलसीपुरमा पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढेका छन् । यसअघि पनि तुलसीपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएका थिए । तर प्रहरीले चोर पत्ता लगाउन सकेको छैन् ।

प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस