२०८३ जेष्ठ २५ गते सोमवार

बन्दुक सहित तुलसीपुरका दुई जना पक्राउ


दाङ,२७ साउन । तुलसीपुरमा भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर-४ सुनवलपुर निवासी ३६ बर्षीय टंक कुमार सिजाली र सोही ठाउँका २९ वर्षीय युबराज गिरी रहेको प्रहरीले जनाएको छ ।

गएराती करिब १२ बजेतिर प्रहरी टोलीले तुलसीपुर-४ ठूलाखालीमा गस्ति गर्ने क्रममा गादिबरा सामुदायिक बनमा संकास्पद रुपमा हिडिरहेको अबस्थामा खानतलासी गर्दा १ थान भरूवा बन्दुक, रफ २१ राउन्ड छर्रा गोलीसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस