
सुनसरी, १४ साउन । सुनसरीमा गाँजासहित दुई जना युवक पक्राउ परेका छन् । ईनरुवा नगरपालिका-९ बबिया चोकबाट साउन १३ गते करिब १ सय १६ केजी गाँजासहित धनकुटाको साघुँरीगढी गाउँपालिका-१ बुढीमोरङ्ग बस्ने ३२ वर्षिय र २२ वर्षिय युवकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
विशेष सुचनाको आधारमा नंं. ४ गण सुनसरीले धनकुटाबाट प्रदेश नं. १-०२-००२ च ६८८३ नम्बरको टाटा सफारी गाडीमा लोड गरी सुनसरीतर्फ ल्याउँदै गरेको गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय इर्नवा सुनसरीमा बुझाईएको छ ।
प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार