
दाङ, ७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेबाट चेतनारायण आचार्य हुनुहुने भएकाे छ।
एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरी हुनुहुन्छ । तर गिरीलाई नबनाएर उपनेता आचार्यलाई बनाउन लागिएको हो । आचार्य महासचिव शंकर पोखरेल पक्षका हुनुहुन्छ ।
गिरी उपाध्यक्ष विष्णु पौडेल पक्षका मानिनुहुन्छ । उहाँ खुलेर पक्षधरता देखाउनुहुन्न ।
एमाले सचेतक तुल्सीप्रसाद चौधरीले पार्टी केन्द्रले मुख्यमन्त्रीमा आचार्यलाई बनाउने निर्णय गरेको बताउनुभयाे।
कांग्रेस र एमालेले आज प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्दैछन् । प्रदेश प्रमुखले आज सांझ ६ बजेसम्म दावी पेश गर्न समय दिएका छन् । आचार्य यसअघि आर्थिक मामिला तथा योजना मन्त्री रहनुभएकाे थियाे ।
प्रकाशित मिति : २०८१ साउन ७ गते सोमवार