
दाङ, ७ साउन । केन्द्रको राजनीतिक समिकरणमा फेरबदल आएसँगै वागमती र लुम्बिनी प्रदेशमा आज साँझसम्ममा नयाँ मुख्यमन्त्री नियुक्त हुने भएका छन् । लुम्विनीका मुख्यमनत्री जोखबहादुर महरा र वागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले हिजो पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठन हुन लागेको हो ।
दुबै प्रदेशको नेतृत्वबाट माओवादी केन्द्र विपक्षमा पुगेको छ भने आज साँझसम्म नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । भागबन्डाअनुसार वाग्मती सरकारको नेतृत्व काँग्रेसले पाएको छ ।
नुवाकोट–२ (१) बाट निर्वाचित काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा वाग्मतीमा एमालेसहितको सरकार गठन हुनेछ भने लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा नयाँ सरकार गठन हुने छ ।
प्रकाशित मिति : २०८१ साउन ७ गते सोमवार