२०८२ बैशाख ३१ गते बुधवार

धारिलो हतियार चक्कु प्रहारबाट रोल्पामा एक व्यवसायीको हत्या


रोल्पा, ६ साउन । रोल्पामा धारिलो हतियार चक्कु प्रहारबाट एक जना व्यवसायीको हत्या भएको छ । चक्कु प्रहारबाट कपिलबस्तु घर भइ रोल्पा नगरपालिका–४ खाद्य टोल लिबाङमा शनि ग्यारेज संचालन गर्दै आएका २९ बर्षिय शनि भनेर चिनिने सुनिल पुनमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शनिबार राती ९ बजेको समयमा सुनिलसहित सोही ग्यारेजमा काम गर्ने थवाङका १६ वर्षीय अनिल पुनमगर र दाङको राप्ती गाउँपालिका–१ पाखापानी घर भई अहिले रोल्पा नगरपालिका–४ मा नेपाल अटो वर्कशप संचालन गर्दै आएका ३३ वर्षीय कृष्ण बहादुर अधिकारीमाथि चक्कु प्रहार भएको हो ।

घाइते ३ जना मध्ये सुनिलको उपचारकै क्रममा मृत्यु भएको र अन्य दुईजनाको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । रोल्पा नगरपालिका–९ गर्पाका २८ बर्षिय मदन रोकामगर लगायतको समुहले उनीहरुमाथी चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न केही व्यक्तिहरु पक्राउ परेको र अन्यको पनि खोजी भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस