२०८१ असोज १८ गते शुक्रवार

देवरले काेदालाेले हिर्काउदा भाउजुकाे मृत्यु

महाेत्तरी,१२ असार । महोत्तरीमा घर बनाउने विषयमा विवाद हुँदा देवरले कोदालोले हिकाउँदा गम्भीर घाइते भएकी भाउजूको मृत्यु भएको छ।

जिल्लाको औरही नगरपालिका– ४ कबिलासानिवासी अन्दाजी ४५ वर्षीय रामरतन यादवले ५० वर्षीया भाउजू रितादेवी यादवको टाउकोमा कोदालोले हिर्काउँदा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले बताउनुभयाे ।

कोदालोले हिर्काउँदा गम्भीर घाइते भएकी रितादेवी यादवलाई उपचारका लागि रामगोपालपुर नगरपालिका– ९ स्थित जानकी एकेडेमिक अस्पताल लगिएकोमा चिकित्सकले मृत्य घोषणा गरेका हुन् । हाल शव सोही अस्पतालमा रहेको र पोस्टमार्टमका लागि जलेश्वर ल्याउने तयारी भैरहेको प्रहरी प्रवक्ता डिएसपी जयसवारले बताउनुभयाे ।

कोदालो प्रहार गर्ने देवरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक रितादेवीका श्रीमानको पहिले नै मृत्यु भैसकेको छ भने उहाँ दुई छोरासँगै बस्दै आउनुभएकाे थियाे ।
 

प्रकाशित मिति : २०८१ असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस