२०८३ भाद्र १८ गते बिहिवार

तुलसीपुरमा बस्ने रुकुम पश्चिमका तीन जना लागूऔषध कारोबारको आरोपमा पक्राउ

तुलसीपुर, ११ असार । तुलसीपुरमा लागूऔषध कारोबारको आरोपमा रुकुम पश्चिमका तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-३ का ४० वर्षका टेक बहादुर बोहरा, वडा नम्बर २ का ४५ वर्षका मन कुमारी बोहरा र रुकुम पश्चिम मुसिकोट नगरपालिका ६ का ३० वर्षका मोहन पुन रहेको प्रहरीले जनाएको छ ।

उनिहरु तुलसीपुर-८ शुभबिहानि टोलका ३५ वर्षका मिना कवरको घरमा कोठा भाडा लिएर बस्दै आएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

रुकुम पश्चिम आठबिसकोट नगरपालिका ३ का ३३ वर्षका लक्ष्मी बोहराको कोठामा १३ पोका (१३ किलो) अफिम जस्तो कच्चा पदार्थ लुकाइ छिपाइ राखेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

मंगलबार अपरान्ह साढे ४ बजेतिर अफिम सहित तीन जनालाई पक्राउ गरेको प्रहरी निरिक्षक थापाले बताउनुभयो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस