२०८१ फाल्गुन ७ गते बुधवार

जापान पठाउने भन्दै सक्कली प्रमाणपत्र लिएर झुलाएपछि विद्यार्थी अन्यौलमा…

दाङ, ९ असार । जापान पठाउने भन्दै २३ जना विद्यार्थीको सक्कली  प्रमाणपत्र लिएका रमन गौडेल  सम्पर्कमा आउन नखोजेपछि विद्यार्थी अन्यौलमा परेका छन् । ओहायो जापानिज भाषा तथा प्रशिक्षण केन्द्र दाङको तुलसीपुर र बाँकेको कोहलपुरबाट २४ जना विद्यार्थीको सक्कली प्रमाणपत्र लिएका गौडेल गायब भएपछि विद्यार्थी समस्यामा परेका छन् । 

भरतपुर महानगरपालिका-११ सहिदचोक चितवनमा रहेको Safeway Education Consultancy Service का संचालक रहेका गौडेलले जापानका लागि अप्लाई गरिदिने विद्यार्थीका सक्कली प्रमाणपत्र (नागरिकता, १२ पास गरेको मार्कसिट र चारित्रिक प्रमाण) लगेको ६ महिना बढी भएको छ । 

तर अप्लाई गरिदिने बहानामा नक्कली डकुमेन्ट बनाई विद्यार्थी, अभिभावक र शिक्षकलाई कुनै आधिकारिक जानकारी पनि दिन नसकेको ओहायो जापानिज भाषा तथा प्रशिक्षण केन्द्रका संचालक ललित कुमार ओलीले बताउनुभयो । 

गौडेललाई विद्यार्थी लगायत अभिभावककहरुले फोन सम्पर्क र म्यासेज गरेर र प्रत्यक्षरुपमा भेटेर बुझ्दा पनि फोन, म्यासेज नगर्नु भनेर धम्की दिने गरेको उहाँले बताउनुभयो । 

यस्तै कलेज तथा अप्लाई गरेको सिटीको बारेमा बुझ्दा पनि उहाँले सबै दिन मिल्दैन भन्दै विद्यार्थीलाई गैरजिम्मेवार जवाफ दिने गरेको पिडित विद्यार्थी प्रिदिप्त साउदले बताउनुभयो ।  यस्तै लक्ष्मी परियारले अप्लाई भएको भए पूरा विवरण (कलेजको नाम, जान चाहेको सिटी र एप्लीकेशन आइडी) सहित उपलब्ध गराउनुपर्ने र यदि अप्लाई नभएको भए कागजात र कागजात बनाउन चाहिने लिएको रकम र अहिलेसम्म ढिलाई हुनुको कारणसहित विवरण उपलब्ध गराउनुपर्ने बताउनुभयो । 

ओहायो जापानिज भाषा तथा प्रशिक्षण केन्द्रका संचालक ओलीले गौडेलसंग प्रत्यक्ष सम्पर्क गर्दा कोहलपुर र दाङमा भएका विद्यार्थीहरुको सम्पूणर् कागजात कोहलपुर शाखा प्रमुख कमल थापासंग छ, उहाँलाई नै बुझ्नुस् भन्ने गरेको र थापालाई बुझ्दा मलाई थाहा छैन् भन्दै उतै बुझ्नुस भनेर अल्झाइरहेको पिडित विद्यार्थीको भनाई छ ।  

विद्यार्थीका सक्कली कागजात लिएर फिर्ता गर्न पनि नमान्ने र अप्लाई भएको विवरण पनि दिन नचाहेपछि ओहायो जापानिज भाषा तथा प्रशिक्षण केन्द्रका संचालक वलीले गौडेलविरुद्ध जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा जाहेरी दिनुभएको छ । 

यसबारेमा रमन गौडेललाई टेलिफोन सम्पर्क गरी बुझ्दा सम्पूणर् कागजात ललित कुमार ओलीलाई दुई हप्ता अघि नै पठाइसकेको दावि गरेपनि कागजात पठाएको आधिकारिता दिन सक्नुभएन् । उहाँले हुलाक, कुरियर वा कार्गो केमा पठाएको हो भनेर बुझ्न खोज्दा केहि बताउन चाहनुभएन ।


विद्यार्थीको नाम
1.Prem Kumari Dagi

2.Bhagiram Dagi

3.Kaushila Budhathoki

4.Pushpa Chaudhary

5.Santoshi Chaudhary

6.Ganga DC

7.Juna Budha

8.Barsha Tharu

9.Raju Khatri

10.Roshan Khadka

11.Laxmi Pariyar

12.Pridipta Saud

13.Bishal DC

14.Sugrip Oli

15.Sunil Oli

16.Tika Nakal

17. Indra Khatri

18.Namuna Pun

19.Kamal Dagi

20.Niruta Dagi

21.Eliyash Dhakal

22.Basanta Kumari Budha

23. Bhumlal Oli

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस