२०८१ असोज १८ गते शुक्रवार

व्यवसायसंगै सामाजिक काममा अगाडी टोप बहादुर महतारा

सल्यानमा जन्मनुभएका टोप बहादुर महतारा सानैदेखि मेहनती हुनुहुन्थ्यो । लामो समयसम्म भारतमा बसेर महतारा मजदुरी गर्नुभयो । भारतको लामो बसाईपछि उहाँ नेपालमै केही गर्छु भनेर फर्किनुभयो ।

नेपाल फर्किएपछि विरगञ्जमा हुलास कम्पनिमा काम समेत गर्नुभयो । त्यसपछि उहाँले तुलसीपुर- ५ मा सागर बडी मर्मत सेन्टर सञ्चालन गर्नुभयो । महताराले २०५६ साल देखि सागर बडी मर्मत सेन्टर सञ्चालन गर्नुभएको हो । उहाँले आफैले मर्मत सेन्टर सुरु गरेपछि दुई जनालाई रोजगारी पनि दिदै आउनुभएको छ । उहाँ आफै पनि दिनभर खटिनुहुन्छ ।

त्यस संगसंगै महताराले राप्ती अञ्चल अटो इन्जीनिरिङ एशोसियसनको २०५६ देखि २०६४ साल सम्म तिन कार्यकाल सदस्य रहेर काम गर्नुभयो । तिन कार्यकालसम्म सदस्य रहेर काम गर्नुभएका महताराले २०६६ देखि २०६८ सम्म सचिव पदमा रहेर काम गर्नुभएको थियो ।

पहिले राप्ती अञ्चल अटो इन्जीनियरिङ एशोसियसनको सदस्यबाट सुरुवात गर्नुभएका महताराले २०७४ मा वरिष्ठ उपाध्यक्ष बन्नुभयो । लामो संघर्ष पछि उहाँ वरिष्ठ उपाध्यक्ष रहेर २०७६ सम्म काम गर्नुभएको थियो ।

उहाँको जीवन अहिले व्यवसाय र सामाजिक काममा व्यतित छ । सानैदेखि सहयोगि भावना भएका महतारा व्यावसायी यात्रा संगै समाजमा पनि परिचित हुनुहुन्छ । यहि बैशाख २९ गते हुने तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा ललितजंग शाहको प्यानलमा महताराको पनि सदस्य पदमा उमेदवारी रहेको छ ।

विभिन्न आर्थिक अभावका बाबजुत पनि व्यवसाय सञ्चालन गरेको उहाँको अनुभव छ । रत व्यवसायीको मनोभाव बुझ्नु भएको छ । महतारा संग २०७२ देखि २०७४ सम्म तुलसीपुर अटो भिलेज व्यवस्थापन समितिको अध्यक्ष भएर व्यवस्थापनको काम गरेको अनुभव छ ।

व्यवसाय संगसंगै महतारा सामाजिक काममा जोडिदै आउनुभएको छ । तुलसीपुर बजार व्यवस्थापनमा उहाँले सहयोग गर्नुभयो । उहाँले ग्रिन तुलसिपुर क्लिन तुलसीपुरमा सरसफाई अभियानको अभियान्ता भएर लामो समयसम्म काम गर्नुभयो । उहाँले तुलसीपुर उपहानगरपालिका वडा नंम्बर ४, ६ र १९ मा रहेका केही घरहरूमा जस्ता पाता सहयोग गर्नुभएको थियो । खरको छानो हटाउन स्थानिय पालिकाको जिम्मेवारी भएतापनि सामाजिक काममा लागेर व्यक्तिगत सहयोग गर्नुभएको थियो ।

तिन वटा वडामा खरको छानो हटाएर जस्ता पाता लगाउनमा सहयोग गर्नुभयो । त्यति मात्रै नभएर उहाँले महिलाहरुलाई आत्मतिर्भर बनाउन भैसीं पालन, बाख्रा पालन र कृषी तालिम दिन सहयोग गर्नुभयो । महिलाहरु पनि सिप सिके केही गर्न सक्छन् भन्ने उद्देश्य राखेर उहाँले विभिन्न समयमा तालिम सहजिकरणको लागि सहयोग गर्नुभएको थियो ।

महताराले तुलसीपुर कारागारमा रहेका कैदिबन्दीहरुलाई सिपमूलक तालिम प्रदानमा समेत सहयोग गर्नुभएको थियो । उहाँले विभिन्न समयमा बालबालिकाहरुलाई सहयोग पनि गदै आउनुभएको छ । पिडित बालबालिकाहरुलाई शिक्षा तथा स्वास्थ्यमा सहजिकरण गर्नुभएको छ ।

तुलसीपुर- ९ दोघरेमा रहेको उद्योग वाणिज्य संघको सभाहल निर्माणको लागि ५५ हजार सहयोग गर्नुभएको थियो । तुलसीपुरमा रहेको मानव सेवा आश्रममा २५ हजार सहयोग गर्नुका साथै विभिन्न सामाजिक काममा सम्लग्न हुनुभएको छ ।

उहाँको जीवन अरु मानिसको भन्दा फरक छ । सानै देखि आफैले नै परिश्रम गर्ने उहाँको बानि थियो । अरुको आशा नगरी आफैले केही गर्नुपर्छ भन्ने अठोट महतारामा छ । त्यही अठोटका साथ महताराले आफ्नो जीवन नै परिवर्तन गर्नुभयो ।

परिश्रम अनुसारको फल रामै हुन्छ भन्ने कुरा महताराले राम्रो गरी बुझ्नुभएको छ । ताकि उहाँको जीवनमा पनि परिश्रम अनुसारको प्रतिफल पनि प्राप्त भएको छ । पहिले अरुको काम गदै आएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गोलौरा निवासी महतरा अहिले आफ्नै काममा व्यस्त हुनुहुन्छ । तुलसीपुर उद्योग वाण्निज्य संघको निर्वाचनका लागि ललितजंग शाह प्यानलबाट सदस्य पदमा उमेदवारी दिनुभएका महताराले आफूलाई निर्वाचनमा भोट दिएर जिताउन अपिल गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस